काठमाण्डौ । नारागणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ।
भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि गएराति सुनौली नाका हुँदै नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ) का १२ जना प्राविधिक टोली प्रविधिसहित खोजीमा आएका हुन् । भारतीय टोलीमा कुनाल तिवारी, ललित कुमार, रविशंकर सरोज, सुधिरकुमार सिंह, बहादुर नाथ, संदिपकुमार दुवे, बिक्रान्त कुमार, अबध किशोर, हेमन्तकुमार यादव, मनोजकुमार यादव, सुनिलकुमार सिंह यादव र लोकेश कुमार छन् ।
टोलीमा चार गोताखोर छन् । त्यस्स तीन वटा सोनार क्यामेरा छन् । भारतीय टोली सात दिनसम्म खोजीमा खट्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । चितवन प्रशासनको छलफल सकिएको छ ।भारतीय टोली कुरिनटार सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय गएको छ । कुरिनटारपछि सिमलताल फर्केर टोली आजैदेखि खोजीमा जुट्ने छ । दुर्घटनाग्रस्त बसमा एउटामा सात र अर्काेमा दुई गरेर नौंं जना भारतीय यात्रु पनि थिए । उनीहरूमध्ये चार जनाको शव फेला परेको छ ।
तपाईको बिचार