एसिसी एसिया कपमा युएईसँग भिड्दै नेपाल

एसिसी एसिया कपमा युएईसँग भिड्दै नेपाल

719
Indu Barma of Nepal and Esha Oza of United Arab Emirates with the Women’s T20 Asia Cup trophy a day ahead of start of the ACC Women’s T20 Asia Cup 2024 in Dambulla, Sri Lanka, on July 18, 2024. Photo by: Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

काठमाडौँ।  एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) सँग नेपाल भिड्दै छ।

श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने छ। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो।

यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो। ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो। खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन्। समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन्।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ ९विकेटकिपर० र पूजा महतो छन्। टोलीमा डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन्।

तपाईको बिचार