श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाली महिला टिम पराजित

श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाली महिला टिम पराजित

179

काठमाडौँ,२५ असार । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिम पहिलो खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टिमसँग सम्पन्न पहिलो खेलमा नेपाली टिम ३३ रनले पराजित भएको हो ।

श्रीलंकाको टिमले दिएको ११९ रनको लक्ष्य पछाएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउदै ६३ रन बनाएको थियो ।  नेपाललाई १५ ओभरमा ९६ रनको रिभाइज लक्ष्य दिइएको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाको डेभलपमेन्ट टिमले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका डेभलपमेन्ट टिमले १-० को अग्रता लिएको छ ।

महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले अव दोस्रो टी-२० खेल बुधबार खेल्ने छ ।

तपाईको बिचार