प्रवासी नेपाली एकता मञ्च को अधिवेशन सम्पन्न अध्यक्षमा सुवेदी

प्रवासी नेपाली एकता मञ्च को अधिवेशन सम्पन्न अध्यक्षमा सुवेदी

279

लेखनाथ सिकारु काठमाडौँ,२३ असार । प्रवासी नेपाली एकता मञ्चको प्रथम अधिवेशन काठमाण्डौमा सम्पन्न भएको छ । प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय प्रवास विशेष प्रदेश कमिटीको शनिबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले ध्रुव सुवेदी अस्ट्रेलियाको अध्यक्षतामा ४५ सदस्यीय प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटी गठन गरेको हो।

अधिवेशनले कमिटीको वरिष्ठ नेतामा भिम कार्की (अमेरिका), उपाध्यक्षमा शङ्कर पन्त (अमेरिका), सचिवमा नरेश श्रेष्ठ (कतार), उपसचिवमा पदम गिरी (कतार) लाई चयन गरेको छ।

कमिटीमा २२ देशमा रहेका राष्ट्रियका अध्यक्षहरू पदेन सदस्यको रुपमा रहने विधानत व्यवस्था अनुसार उहाँहरु सदस्य ह्न नेकपा (एकीकृत समाजवादी) प्रवास इन्चार्ज श्रीप्रसाद साहले बताए ।

कार्यक्रमको समापनको अवसरमा निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिंदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा जुन सुकै परिघटनामा एकीकृत समाजवादीको खोजी हुने गरेको बताए । नेता नेपालले नेपालको राजनीतिमा एकीकृत समाजवादी निर्णायक भुमिकामा रहेको बताए ।

पार्टीका सम्मानीत नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीले १० औं अधिवेशन मार्फत नेपालमा पहिलो पल्ट नेपाली विशेषताको समाजवादी कार्यक्रम पारित गरेको स्पष्ट पारे ।

प्रवासमा रहेका नेपाली श्रम, सीप र पूँजीलाई नेपालमा कसरी भित्र्याउने, विदेशमा रहेका नेपालीको मतदान गर्न पाउने व्यवस्थालगायतका विषयमा पनि अधिवेशनमा गम्भीर छलफल भएको बताईएको छ ।

अमेरिकी, युरोप, मध्यपूर्वी , पूर्वी एसिया र ओसिनिया महादेशका बिभिन्न राष्ट्रबाट अधिवेशनमा भाग लिएका थिए ।

तपाईको बिचार