जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

225

काठमाडौँ,२१ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन् ।

जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदिप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहेका छन् ।

एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ ।

तपाईको बिचार