दशौँ राष्ट्रिय महाधिवेशन : झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन

दशौँ राष्ट्रिय महाधिवेशन : झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन

301

काठमाडौँ,१७ असार । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनलाई सम्पन्न गर्न विभिन्न कमिटीहरु गठन गरिएका छन्।

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनको अध्यक्ष मण्डल पार्टी सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा १३ सदस्सीय गठन गरिएको छ।

त्यस्तै बहस नोट कमिटीमा जगन्नाथ खतिवडाको नेतृत्वमा १४ सदस्सीय कमिटी गठन गरिएको छ भने माइन्यूट कमिटी तीन सदस्सीय चयन गरिएको छ।

प्रमुख खतिवडाका अनुसार महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको छ। पाटी केन्द्रीय सचिवालय सदस्यहरुले डेमो प्रयोग गर्नु भएको प्रमुख खतिवडाको भनाई छ।

तपाईको बिचार