प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

168

काठमाडौं,१६ असार । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

कार्यसूची :

१. आर्थिक विधेयक, २०८१ु माथि छलफल हुने ।

२. आर्थिक विधेयक, २०८१ु माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

३. अर्थ मन्त्री वर्षमान पुनले

(क) आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने ।

४. राष्ट्र ऋण उठाउने विधेयक, २०८१ु माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

५. अर्थ मन्त्री वर्षमान पुनले

(क) राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने ।
=ख) भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने ।

६. भन्सार महसुल विधेयक, २०८१ु माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

७. अर्थ मन्त्री वर्षमान पुनले भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने ।

तपाईको बिचार