टोखा नगरपालिकामा ६ दिने विद्यालयस्तरीय रोबोटिक्स बुटक्याम्प सम्पन्न

टोखा नगरपालिकामा ६ दिने विद्यालयस्तरीय रोबोटिक्स बुटक्याम्प सम्पन्न

403

काठमाडौ, ११ असार । टोखा नगरपालिकाले स्किल्सअप ग्लोबल र ब्रेनडिजिट (Skillsup Global and Braindigit) को सहकार्यमा टोखाको तिलिङ्गाटार मा. वि. मा २०८१ असार ९ गते ६ दिने रोबोटिक्स बुटक्याम्प सफलतापूर्वक सम्पन्न ग¥यो । खासगरी यो बुटक्याम्प ५ दिने रहेको थियो र छैटौँ दिनमा प्रदर्शनी आयोजना गरिएको थियो । त्यस क्षेत्रका विभिन्न ८ सामुदायिक विद्यालयका युवा मस्तिष्कमा प्रविधि र नवीनताको लागि जागरुकता बढाउनु यस बुटक्याम्पको उद्देश्य रहेको थियो ।

स्किल्सअप ग्लोबल (Skillsup Global)का दक्ष प्रशिक्षकहरू श्री दीपक भट्टराई र श्री कृष्ण चौधरीको मार्गदर्शनमा ३२ जना उत्साही विद्यार्थीहरूले सिकाइ तथा रचनात्मकताको यात्रा सुरु गरे । उनीहरूले विभिन्न प्रयोगात्मक सत्रहरूमा भाग लिई लगनशीलताका साथ रोबोटिक्स परियोजनाहरूमा संलग्न भई काम गरे । विद्यार्थीहरूले आफ्नो सिप र रचनात्मकता प्रदर्शन गर्दै ८ विविध परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरे ।

अन्तिम दिन, अर्थात् २०८१ असार ९ गतेको प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना नवीन परियोजनाहरू प्रस्तुत गरे जसले निर्णायकको भूमिका निर्वाह गरेको टोखा नगरपालिकाको टोलीलाई निकै प्रभावित पा¥यो । प्रत्येक समूहले उत्साहपूर्वक आफ्ना परियोजना अवधारणा र प्राविधिक विवरणको व्याख्या गरे जसमा शीर्ष तीन परियोजनाहरूले उत्कृष्टताको लागि पदक र प्रमाणपत्र प्राप्त गरे ।

ब्रेनडिजिटका कार्यक्रम संयोजक श्री रुपेश कुमार साहलेै यो बुटक्याम्पले हाम्रो समुदायका युुवाहरूको असाधारण क्षमतालाई उजागार गर्ने कुरा बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख शिक्षा अधिकृत श्री बाबुराम गौतमले विद्यार्थीहरूको उत्साह र प्रतिभाको प्रशंसा गर्दै यस बुटक्याम्पमार्फत टोखा नगरपालिकाले प्राविधिक शिक्षा र समुदायका विद्यार्थीका लागि नवप्रवर्तनका अवसरहरू विस्तार गर्दै जाने बताउनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर