अमेरिकामा सिसे:क्पा तङ्नाम मनाइँदै

अमेरिकामा सिसे:क्पा तङ्नाम मनाइँदै

357

न्यूयोर्क,६असार  । लिम्बू समुदायको महान चाड सिसे:क्पा तङ्नाम ५०८४ अमेरिकामा भव्य कार्यक्रमसहित मनाउने तयारी गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी जुलाईमा विविध कार्यक्रम गरि सिसे:क्पा तङ्नाम मनाउन लागिएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ । कार्यक्रम जुलाई १४ मा क्वीन्सब्रिज पार्कमा आयोजना हुने छ ।

विगतका वर्षहरु जस्तै यस वर्षको सिसे:क्पा तङ्नाममा यालाङ (धननाच), केलाङ (च्याब्रुङ नाच), पक्लुङ (छेलो), डोरी तान प्रतियोगिता, भाग्यशाली चिठ्ठा, लिम्बू भेषभूषा तथा सामाग्री प्रदर्शनी, बालबालिका लक्षित कार्यक्रमसहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले बताए । कार्यक्रममा सहभागीता जनाउने सबैलाई केलाङ र धाननाच नचाउने प्रयास रहने चुम्लुङ अमेरिकाका संस्कार संस्कृति संयोजक कुबेर वनेमले बताए ।

साउने सङ्क्रान्तिलाई लिम्बू समुदायले सि:सेक्पा तङ्नाम भनेर मनाउने गरेका छन् । यो पर्वमा लिम्बू समुदायले आफ्नो इष्टदेवको सम्मानमा नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ

तपाईको बिचार