तरमोर नदि सहित यी नदीमा बहाव आकस्मिक बाढीको जोखिम

तरमोर नदि सहित यी नदीमा बहाव आकस्मिक बाढीको जोखिम

319

काठमाडौं,५ असार  । अबका तीन दिन तरमोर नदि सहित देशका केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । पूर्वको तमोर, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

आज ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, गोरखा र कास्की भई बहने साना नदीहरूमा पनि बहाव बढ्ने सम्भावना छ ।

इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक र लमजुङ भई बहने केही साना नदीमा आकस्मिक बाढीको सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, नारायणी र यसका प्रमुख सहायक नदीहरू बूढीगण्डकी, मर्स्याङदी तथा पूर्वी राप्ती, कमला, वाग्मती र यसका सहायक नदीहरूमा पनि जलसतह सामन्य बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर