८ सय २५ जना शिक्षकले त्यागे राजनीतिक दलको सदस्यता

८ सय २५ जना शिक्षकले त्यागे राजनीतिक दलको सदस्यता

491

काठमाडौँ,५ असार  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको जनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मंगलबार आफूले मन्त्रालय सम्हालेको एक सय दिन पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त विबरण सार्वजनिक गरेकी हुन् ।

यो अवधीमा दलमा संलग्न २० जना शिक्षकले राजनैतिक दल रोज्दै पद नै त्याग गरेको बताईएको छ । यस्तै २ सय ९९ जना शिक्षक काजमा रहेकोमा ५४ शिक्षकको काज फिर्ता भएको ५९ जनासँग स्पष्टीकरण सोधिएको बताईएको छ ।

शिक्षकहरुलाई राजनीतिबाट निरुत्साहित गर्न आफ्नो प्राथमिकता रहेको भन्दै उनले शिक्षकलाई राजनीति दलबाट मुक्त गराउन अन्तिम समय सम्म नछाडेन बताईन् ।

तपाईको बिचार