गृहमन्त्री लामिछानेलाई कारबाही माग गर्दै संसद गुरुङले दिए सभामुखलाई निवेदन

गृहमन्त्री लामिछानेलाई कारबाही माग गर्दै संसद गुरुङले दिए सभामुखलाई निवेदन

520

काठमाडौं, ७ जेठ । कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारवाहीको माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

गुरुङले सोमबार सभामुख देवराज घिमिरेलाई निवेदन लेख्दै लामिछानेमाथि संसद्को अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका हुन् ।

अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी भ्रम श्रृजना गर्न खोजेको भन्दै आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।

उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसँगै पठाएका छन् ।

तपाईको बिचार