गजल : बोधराज पौडेल

गजल : बोधराज पौडेल

334

पाखनवेत फुल्छन् वनै कन्दरामा
छ सृष्टि अनौठो यो दिव्य धरामा

कतै भीर पाखा कतै सम्म टारी
झुलेका छन् बाला यी गरा गरामा

भनौँ नागवेली वा गुर्जो तितो होस्
जहाँ ओखती छन् पवन, लहरामा

निरोगी, बलियो बनाउँछु भन्दै
शिलाजीत बस्ने भीर पहरामा

सधैं स्निग्न बग्ने अबिराम उस्तै
छ कञ्चन बगेको जल छहरामा

तपाईको बिचार