त्रिविमा सुचारु भयो प्रशासनिक तालिम माेड्युल

त्रिविमा सुचारु भयो प्रशासनिक तालिम माेड्युल

1437

काठमाडौ, ९ वैशाख । त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाको अयोजनामा उपत्यका भित्रका क्याम्पस/कार्यालयहरुमा कार्यरत शाखा अधिकृतहरुलाई खरिद प्रक्रिया सम्वन्धी सेवाकालिन तालिम प्रारम्भ भएको छ ।

तालिममा उपत्यकाभित्रवाट ४० जना सार्वजनकि खरिद शाखामा विशेष जिम्मेवारी सम्हालिरहनुभएका कर्मचारीहरुलाई सलंग्न गराइएको छ । २०८१।०१।०९ देखि २०८१।०१।१५ सम्म सञ्चालन हुने तालिममा सार्वजनिक खरिदका महत्वपूर्ण कानुनी पक्ष र व्यवहारिक पक्षहरुका सन्र्दभमा नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव एवम् उपसचिवहरुले तालिन दिनुहुने भएको छ ।

तालिमको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीले विश्वविद्यालयमा व्याप्त वेरुजु न्यूनिकरण गरी असल शासनको विकास गर्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । उहाँले सार्वजनिक निकायहरुमा कर्मचारीतन्त्रको कार्यशैली,जिम्मेवारी र नैतिकताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेहुँदा तालिममा सिकेका सिपलाई नियमानुसार कार्यान्वयन गरी त्रिभुवन विश्वविद्यालयको प्रशासनिक दक्षता विकासमा महत्वपूर्ण योगदान गर्न सहभागी कर्मचारीहरुलाई अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालले तालिमलाई सिप र दक्षताको विकास गर्ने महत्वपूर्ण अवसरको रुपमा सदुपयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । तालिम मार्फत विश्वविद्यालयले राखेको उद्देश्यपुरा गरी सार्वजनिक खरिदमा हुने सवैप्रकारको कमजोरी,वेतिथी र त्रुटीहरुको बारेमा यथोचित जानकारी लिई कार्यान्वयन गर्न समेत निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा समन्वय महाशाखका निमित्त प्रमुख दिपक तिवारीले तालिमले सहभागीहरुलाई पुर्नताजगी गराई थप सक्षम र सृदृढ बनाउने र कार्यक्षमतामा ऊर्जा भर्ने बताउनुभयो । तालिममा अनुशासनमा रही समयमा उपस्थित भई विज्ञहरुबाट आफूलाई थप जानकार बनाउन अनुरोध गर्नुभएको थियो । उहाँले समन्वय महाशाखाले आफ्नो सक्रियतामा पहिलो पटक सार्वजनिक खरिद सम्वन्धमा तालिम आयोजना गरेको छ ।

त्रिविकाे ६५ वर्षको यात्रामा समन्वय महाशाखाका प्रमुख दिपक तिवारीकाे सक्रियतामा पहिलाे पटक त्रिविले प्रशासनिक तालिम सम्बन्धमा सबै तहका कर्मचारीहरुकाे लागि सेवाकालिन तथा पुनर्ताजगी तालिम पाठ्यक्रम २०८० माेड्युल पुस्तकका रुपमा तयार गरिएकाे र उक्त पुस्तककाे विमाेचन शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी ले गर्नुभयाे ।

 

तपाईको बिचार

सम्बन्धित खबर