काठमाडौँ, ५ वैशाख । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।
एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको हो ।
साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यस्तै नेपाली बलर करण केसी र अविनास बोहोराले २/२ विकेट लिए भने ललित राजबंशी र प्रतिस जिसीले एक एक विकेट लिए ।
गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८/८ ओभर खेलाइएको छ ।
तपाईको बिचार