काठमाडौँ, २५ चैत । पाँचौं राष्ट्रिय योग खेलकुद प्रतियोगिता हुने भएको छ ।
नेपाल योग खेलकुद संघको आयोजनामा चैत २६ र २७ गते काठमाडौँ कोटेश्वरस्थित लोटस पार्टी प्यालेसमा हुने भएको आयोजकले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
महिला तथा पुरुष समुहमा समान उमेर समुहमा ९ देखि ११, १२ देखि १४, १५ देखि १७, १८ देखि ३५, ३६ देखि ४९ वर्ष र ५० वर्ष माथि गरी ६ – ६ वटा उमेर समुह गरी आयोजना गरिने उक्त प्रतियोगितामा सात प्रदेशका झण्डै २५० जना खेलाडीहरु प्रतियोगितामा सहभागिता रहने मिडिया संयोजक पुष्कर राज पन्तले बताए ।
प्रतियोगितामा प्रथम, द्वतिय र तृतिय हुने खेलाडीहरुलाई क्रमशः ५०००, ३००० र २००० प्रदान गरिने छ भने उत्कृष्ट पुरुष खेलाडी (मिस्टर योगी) र उत्कृष्ट महिला खेलाडी (मिस योगिनी) लाई नगद रु. सात सात हजार सहित सूपर गोल्ड मेडल प्रदान गरिने छ । यसरी १२ स्वर्ण , १२ रजत र २४ वटा काश्य समेत २ सुपर गोल्ड मेडल गरी जम्मा ५० वटा पदकका लागि प्रतिष्पर्धा हुने छ ।
तपाईको बिचार