सुन्तला खेती गर्ने किसानलाई तालिम

सुन्तला खेती गर्ने किसानलाई तालिम

683

काठमाडौँ, १० चैत । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ का सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको छ । गाउँपालिकाको कृषि विकास शाखाले  ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइएको हो ।

कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालका अनुसार गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा ससघाउने उद्देश्यले तालिम दिइएको हो ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले तालिमको सहजीकरण गरेका थिए ।

सुन्तलाका बोट सुक्ने, मर्ने तथा  भएका बोटमा फलको गुणस्तर नहुनेलगायत समस्या भएपछि किसानलाई तालिम दिइएको हो । बगैंचाको निर्माण भएको स्थानको भौगोलिक विशेषता, स्याहार, मलजल, रोग नियन्त्रणबारे प्रशिक्षण दिइएको जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर