काठमाडौँ, ९ चैत । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत् उत्पादन हुने दाबी गरेका छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ऊर्जामन्त्री बस्नेतले संघीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताए । यो व्यवस्था आएपछि नै ऊर्जा क्षेत्रमा तुलनात्मक रूपमा बढी विकास भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत् उत्पादन हुने दाबी गरे ।
१९६८ सालदेखि २०४६ सालसम्म २५० मेगावाट,२०४७ देखि २०६३ सम्म ५०० मेगावाट जलविद्युत उत्पादन भएकोमा ०६४ देखि हालसम्म २९ सय मेगावाट विद्युत् उत्पादन गरेको र नेपालमा सकारात्मक रूपमा विकास भइरहेको भन्दै उनले आगामी ४ महिनामा थप ५ देखि ६ सय मेगावाट ऊर्जा उत्पादन हुने दाबी गरे ।
उनले भने, ‘अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भएको छ । अबको तीन देखि चार महिना भित्रमा हामी अर्को ३४ देखि ३५ सय मेगावट विद्युत् पुर्याउँदै छौँ । त्यसमा ८ सय मेगावाट घटाउने हो भने पनि गणतन्त्र स्थापना पछि मात्रै देशमा २८ सय विद्युत् उत्पादन भैसकेको छ ।’
तपाईको बिचार