ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

779

चितवन, ७ चैत । भरतपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ दाशढुङ्गास्थित सडकमा ना.७ ख ७६४ नम्बरको ट्रकले ना.५ प ८१९९ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूषको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर