केपी ओलीसँग राजेश हमालले सिनेमा संवाद गर्ने 

केपी ओलीसँग राजेश हमालले सिनेमा संवाद गर्ने 

381

काठमाडौँ, २८ फागुन । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् ।

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा ओली र राजेशले संवाद गर्ने भएका हुन् ।

सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रबार ११ बजे देखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ ।  दुईबीचको संवाद राष्ट्रिय सभागृहमा हुनेछ ।

तपाईको बिचार