बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु

बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु

747

काठमाडौँ, २८ फागुन । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही फागुन २० गते जुनेली यातायातको प्रदेश ३०१ ००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर