काठमाडौँ, २८ फागुन । कर्णाली सरकारको नेतृत्वमा नेकपा एमालेले दाबी गरेपछि मुख्यमन्त्री राजकुमार शर्मासहित माओवादी केन्द्रका प्रदेशस्तरका नेता काठमाडौँ पुगेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुख्यमन्त्रीसहित माओवादी नेताहरुले समयसामयिक विषयमा छलफल गरेको बताइएको छ ।
शनिबार काठमाडौँ पुगेको टोलीमा मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश अध्यक्ष विमला केसी, प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल, माओवादी सांसद वीरबहादुर शाही लगायत थिए । प्रधानमन्त्रीको कार्यालयमै प्रचण्डसँग प्रदेश सरकार र समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । छलफलमा प्रदेशको टोलीले कर्णालीमा वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिनुपर्ने विषयमा प्रचण्डसँग कुरा राखेको थियो । जवाफमा प्रचण्डले सकेसम्म कर्णालीमा यथावत् राख्नेगरी सक्दो प्रयाग गरिने बताएका थिए ।
तपाईको बिचार