एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

97

काठमाडौँ, २५ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो । त्यस्तै, एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने पनि तयारी गरेको छ । यसबारे पनि सचिवालय बैठकमा छलफल हुने ज्ञवालीले बताए ।

यसैगरी एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलायन लागेको छ । यसको कार्ययोजना पनि सचिवालय बैठकले बनाउने एमालेले जानकारी दिएको छ । एमालेको फागुन ८, ९ र १० गते सातौं केन्द्रीय कमिटीको बैठक बसेको थियो । केन्द्रीय सदस्यहरूले दिएका सुझावहरू समेटेर दस्तावेजलाई पूर्णता दिने विषयमा पनि सचिवालयल बैठकमा छलफल हुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर