एक महिलाको शव फेला

एक महिलाको शव फेला

111

सिन्धुली, २४ फागुन । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार तीनपाटन नगरपालिका-४ बालाजोरगाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको हो ।

बुधबार राति साढे ९ बजे पाखाबारीमा शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा खडकमाया गत २० गतेदेखि बेपत्ता भएको खुलेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको बिचार