माधव नेपालसँगको छलफल सकारात्मक छ : कांग्रेस

माधव नेपालसँगको छलफल सकारात्मक छ : कांग्रेस

747

काठमाडौँ, २३ फागुन । नेपाली कांग्रसले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।

आज बिहान नेपाल निवास कोटेश्वर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा र  अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।

छलफल सकारात्मक रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने,  “हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छ । कांग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ,” “नयाँ राजनीतिक विकासमा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ ।”

तपाईको बिचार