काठमाडौं, १८ फागुन । बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ ।
बिहीबार राति भएको आगलागीमा परेर मृत्यु भएका ४३ जनामध्य ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा र १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।
आगलागीमा परेका ७५ जनाको जीवितै उद्धार गरिएको छ । लत्ताकपडाकादेखि रेष्टुरेन्टहरू रहेको सो भवनमा ग्यासको चुहावटबाट आगो लागेको अनुमान गरिए पनि कारण भने स्पष्ट खुलिसकेको छैन ।
तपाईको बिचार