मजदुरमाथि भएको कुटपिटमा महानगरले थाल्यो छानबिन

मजदुरमाथि भएको कुटपिटमा महानगरले थाल्यो छानबिन

671

काठमाडौँ, १७ फागुन । काठमाडौँ महानगरपालिकाले सुन्धारामा छानबिन थालेको छ ।

महानगरपालिकाले बुधवार साँझ स्वरोजगार मजदुरमाथि भएको बल प्रयोगबारे बुझ्न एसएसपी राजु पाण्डेलाई बोलाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे सत्य तथ्य बुझ्न र बल प्रयोग गर्नुपरेको कारणबारे सोधपुछ गर्न पाण्डेलाई बोलाइएको बताए ।

डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित नगर प्रहरीहरूले साँझ सवा ८ बजेको समयमा सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर लगेको आरोप नेपाल स्वरोजगार व्यापार श्रमिक संघको छ ।

तपाईको बिचार