काठमाडौँ, १५ फागुन । नेपाल विद्युत् प्राधिकरणले साना जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएको छ ।
९६३औँ सञ्चालक समितिको बैठकबाट निर्णय भएअनुसार प्राधिकरणले मंगलबार एक सूचना जारी गरेर १० मेगावाट क्षमतासम्मका आयोजनाको पीपीएका लागि आउन आह्वान गरेको हो ।
सूचनाअनुसार प्राधिकरणले अब नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त साना आयोजनाको पीपीए गर्ने छ ।
तपाईको बिचार