मन्त्री बर्खास्तको माग गर्दै एमालेद्वारा संसद् बैठक अवरोध र नाराबाजी

मन्त्री बर्खास्तको माग गर्दै एमालेद्वारा संसद् बैठक अवरोध र नाराबाजी

701

काठमाडौँ, १४ फागुन । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

त्यसपछि एमाले सांसदहरूले विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए । सांसद गोकुल बाँस्कोटाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालासहित भ्रष्टाचारमा मुछिएर अख्तियारमा  बयान दिएका मन्त्रीहरूको राजीनामा किन नदिएको र प्रधानमन्त्रीले किन नहटाएको भन्दै प्रश्न गरेका हुन् ।

बाँस्कोटाले प्रश्न गर्दै भने, ‘मन्त्रीहरूको राजीनामा के ले रोकेको छ ? फागुन ६ गतेदेखि एउटै कुरा प्रतिपक्षले उठाइरहेको छ । तर सरकारको कानमा कसैले रुवा खाँदेको छ कि ?’, ‘प्रधानमन्त्री स्वयं आफैले बालकुमारी घटनाबारे बोल्नुभएको छ, अरू सुशासनबारे पनि बोल्नुभएको छ ।’

तपाईको बिचार