चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला

797

चितवन, १४ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आइतबार मृत गैँडा फेला परेको हो ।

मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ । मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर