नापतौल यन्त्र ठगी गर्नेलाई जरिबाना

नापतौल यन्त्र ठगी गर्नेलाई जरिबाना

879

काठमाडौँ, १२ फागुन । नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिवाना गरिएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जकका अनुसार नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सातसय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरूप जरिवाना गरिएको हो ।

चालू आर्थिक वर्षको सात महिनामा सो कारबाही  गरेको जनाएको छ । सो कार्यालयबाट विभिन्न समयमा बजार क्षेत्रमा खटिएका कर्मचारी तथा उजुरीका आधारमा उक्त सङ्ख्यामा कारबाही गरिएको हो । कार्यालयले चालू आवको उक्त अवधिमा सात सय ६६ व्यवसायी तथा उद्योगीलाई नापतौल यन्त्र सञ्चालनका लागि नयाँ इजाजत पत्र प्रदान गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर