अनेरास्ववियुद्वारा मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै मसाल जुलुस

अनेरास्ववियुद्वारा मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै मसाल जुलुस

831

काठमाडौँ, ९ फागुन । नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै मसाल जुलुस निकालेको छ ।

आज अनेरास्ववियुले त्रिचन्द्र कलेजमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् । बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै अनेरास्ववियुले कानुनी कारबाहीको माग गरेको छ । गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले मन्त्री प्रकाश ज्वालाको कमजोरीका कारण सो घटना भएको निष्कर्ष निकालेको छ ।

तपाईको बिचार