वीरगन्जमा कर्फ्यु खुकुलो

वीरगन्जमा कर्फ्यु खुकुलो

1107
Courtesy: Googlemaps.com

वीरगन्ज, ९ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु खुकुलो पारेको छ ।

महानगरपालिकामा तीनदेखि लगाइएको लगाइएको कर्फ्यु आजदेखि खुकुलो पारिएको हो । सुरुमा आज तेस्रो दिन सर्वसाधारणको सुविधाका लागि बिहान ११ बजेसम्मका लागि खोलिएको थियो । तर जिल्ला प्रशासन कार्यालय फेरि अर्को सूचना जारी गर्दै कर्फ्यु आदेश पुनः १० बजेसम्मका लागि स्थगित गरिएको भनेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले एक सूचना जारी गर्दै सर्वसाधारणको सुविधाका लागि ११ बजेदेखि लाग्ने कर्फ्यु पुनः स्थगित गरिएको जानकारी दिए । अर्को आदेश नहुञ्जेलम्मका लागि आज राति १० बजेसम्मका लागि कर्फ्यु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

तपाईको बिचार