रौतहटमा गोली चल्यो

रौतहटमा गोली चल्यो

763

रौतहट, ९ फागुन । रौतहटमा गोली चलेको छ ।

स्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले हवाईफायर गरेर अवैध सालको काठ  बरामद गरेको छ । जिल्लाको वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र तस्कर बिच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय रौतहटका अनुसार गएराति ११ बजे वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको थियो । टोलीले उक्त स्थानबाट तीनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको छ ।

झन्डै दुईलाख भन्दा बढी मूल्यको काठ सहितको टायर गाडा र पाडो आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर