गठबन्धनबाट असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिन्छ : महामन्त्री शर्मा

गठबन्धनबाट असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिन्छ : महामन्त्री शर्मा

877

ललितपुर, ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको दोस्रो दिन आज महामन्त्री शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।

महामन्त्री शर्माले भने,“संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उँचाइमा पुराउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ ।”

महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन् । उनले भने,“पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ तर, पनि असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।”

प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन् । एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेरनै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको उनले बताए ।

तपाईको बिचार