त्रिवि उपकुलपति नियुक्तिको विषय टुङ्गिएको छैन: प्रचण्ड

त्रिवि उपकुलपति नियुक्तिको विषय टुङ्गिएको छैन: प्रचण्ड

913

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषय नटुङ्गिएको बताएका छन् ।

सिफारिस समितिको सिफारिस प्राप्त भएपनि यसबारेमा थप निर्णय भइनसकेको प्रचण्डको भनाइ छ ।  ‘त्रिभुवन विश्वविद्यालको उपकुलपति नियुक्ति भइसकेको छैन । आज बिहान गोरखा–पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्डले भने, बधाई दिएर भ्रम फैलाउने काम भएको छ’, ‘छिट्टै यसबारे निर्णय हुने नै छ । तर अहिलेसम्म केही भइसकेको छैन ।’

फागुन ६ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको थियो । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै समितिको बैठकले  केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको थियो ।

तपाईको बिचार