टेलिकमले सस्तोमा विदेश फोन गर्न मिल्ने १२२४ कोड हटायो

टेलिकमले सस्तोमा विदेश फोन गर्न मिल्ने १२२४ कोड हटायो

873

काठमाडौँ, ८ फागुन । नेपाल टेलिकमले सस्तोदरमा विदेशमा फोन गर्न सकिने १४२४ कोड हटाएको छ । नेपाल टेलिकमबाट विभिन्न देशमा सस्तोदरमा फोन गर्न सुरुमा १४२४ प्रयोग गर्न सकिने व्यवस्था थियो ।

हाल यो हटाएर नयाँ कोड राखिएको छ । टेलिकमका प्रवक्ता हरि ढकालले ‘सर्ट कोड’हरू धेरै भएर विस्तारै घटाउन यस्तो गरिएको बताए ।

विदेशमा सस्तोदरमा फोन गर्न अहिले १४२५ प्रयोग गर्न सकिने उनले जानकारी दिए । यस्तै, ०० अथवा १४४५ पनि प्रयोग गर्न सकिने उनले बताए । विभिन्न देशमा फोन गर्दा लाग्ने शुल्क र कोड हेर्न यहाँ क्लिक गर्नोस् ।

तपाईको बिचार