काठमाडौँ, ७ फागुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको बिचार