रास्वपाद्वारा कर्णालीका सम्पूर्ण समिति विघटन

रास्वपाद्वारा कर्णालीका सम्पूर्ण समिति विघटन

664

काठमाडौँ, ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटन गर्ने निर्णय गरेको छ ।

हालको पार्टी संगठनका गतिविधिका बारेमा गहन समीक्षा पश्चात् सो क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षका साथ प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको सहायक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

बैठकपछि पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा पार्टीको विभिन्न केन्द्रीय विभागमा सदस्यहरु मनोनयन तथा जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि भएको छ । जसअनुसार केन्द्रीय मानवीय विकास प्रवर्धन विभागको उपप्रमुखमा पवन देवकोटा चयन भएका छन् भने ज्ञानेन्द्र महतो केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्य चयन भएका छन् । भोजराज क्वालिटीलाई केन्द्रीय विधेयक मन्थन विभागको सदस्य, गणेश पौडेललाई केन्द्रीय मानवअधिकार विभागको सदस्य, दिपक विश्वकर्मालाई  केन्द्रीय संगठन विभागको सदस्य चयन गरिएको छ ।

तपाईको बिचार