तनहुँ, ७ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्य हुने दुवै जनाको खनाखत भएको छैन । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको बिचार