सडकमा दूध पोखेर किसान आन्दोलनमा

सडकमा दूध पोखेर किसान आन्दोलनमा

883

काठमाडौँ, ६ फागुन । सरकारले भुक्तानी नदिएको भन्दै चितवनका किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आफूहरू आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।

किसानले सडकमा दूध पोखाउनुका साथै समस्या समाधानका निम्ति प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र समेत बुझाएका छन् । आफूहरूको आन्दोलनलाई बेवास्ता गरिए अझ सशक्त रूपमा विरोध गरिने अध्यक्ष बगालले बताए ।

किसानले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र भुक्तानी पाउनुपर्ने दुई माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानले गएको साउनदेखिको करिब ५२ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएका छन् ।

तपाईको बिचार