जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

805

तनहुँ, ६ फागुन । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको छ ।

पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । दुर्घटनामा परी अरू ६ जना घाइते छन् । डिएसपी खाँणका अनुसार दुर्घटनापछि घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी एउटै वडाका (इच्छाकामना गाउँपालिका–५) का डम्बरबहादुर गुरुङ, कमल गुरुङ, रुद्रबहादुर चेपाङ र जित गुरुङ घाइते भएका छन् । दुर्घटनामा सोही गाउँपालिकाको वडा नं. ६ का रूपक गुरुङ र भरतपुर महानगरपालिका–२९ का टेस्टबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर