प्रस्तुत प्रतिवेदनमा गठबन्धनको कता- कता छाया देखियो : शेखर कोइराला

प्रस्तुत प्रतिवेदनमा गठबन्धनको कता- कता छाया देखियो : शेखर कोइराला

945

काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजमा गठबन्धनको छाया परेको बताएका छन् ।

आजको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेसको मौलिकतामा आधारित नरहेको बताए ।

बिहीबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठिनक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि टिप्पणी गर्दै कोइरालाले भने, ‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरू हेर्दा कता—कता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो । महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो त्यो देखिएन।’

तपाईको बिचार