काठमाडौँ, ४ फागुन । काठमाडौँसहित दुई स्थानमा दुई जना मृतावस्थामा फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ- गोकर्णेश्वर नगरपालिका-५ नारायाणटार डेरा गरी बस्ने रसुवा उत्तरगया नगरपालिका-४ घर भएकी २७ वर्षीया सम्झना न्यौपाने आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका-४ बुढिखोला घाटमा काम गरी बस्ने दुहवी घर बताउने ५५ वर्षीय प्रदिप चौधरी नाम गरेको व्यक्ति बिहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको बिचार