काठमाडौँ, ४ फागुन । आगामी आर्थिक वर्ष २०८१–८२ को अनुमानित बजेटको आकार घोषणा भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् ।
शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको बताए । राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर सरकारले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ ।
महतले प्रधानमन्त्रीसँग छलफल र समन्वय गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाएको दाबी गरे । त्यस्तै उनले अर्थमन्त्री डा.महतले खर्चको आकार घटाउने सवालमा प्रधानमनत्रीसँगको समन्वयमै भएको जिकिर गरे ।
उनले भने, ‘बजेटको विषयमा सिस्टम भित्र घनिभूत छलफल हुन्छ । प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयभित्र स्वच्छ वृहत् छलफल हुन्छ । प्रधानमन्त्री आफ्नो विचार राख्नुहुन्छ र हामीले पनि आफ्नो भनाइहरू राख्छौँ । यसै बजेटको सिलिङ वा आकार घटाउने भन्ने हुँदैन’ ‘अहिले बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग वृहत् छलफल भएको छ । विषयलाई अतिरञ्जित गरिदिनु भएन ।’
तपाईको बिचार