जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु

जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु

771

बझाङ, ४ फागुन । बझाङ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नम्बरको जिप बिहीबार साँझ तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा तलकोट–१ की सुस्मिता कठायतको मृत्यु भएको हो ।

घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर