नेप्से सूचकमा दोहोरो अंकको गिरावट

नेप्से सूचकमा दोहोरो अंकको गिरावट

777

काठमाडौँ, ३ फागुन । आज नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

अघिल्लो दिन ५ अंकले वृद्धि हुँदै २०७६ अंकमा अडिएको नेप्से सूचक आज १४.४६ अंकले पुनः घटेर २०६२.०३ अंकमा झरेको हो ।

आज कारोबार समेत घटेर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो दिन ५ अंकले वृद्धि नेप्से वृद्धि हुँदा ४ अर्ब ११ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

म्यानु एण्ड प्रो उपसूचक बाहेक अन्य १२ वटा उपसूचक आज ऋणात्मक भएका छन् । यस दिन २४९ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६३ वटा कम्पनीको मूल्य घटेको छ भने ७९ वटाको मूल्य केही बढेको छ ।

तपाईको बिचार