दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाको लागि सम्झौता

दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाको लागि सम्झौता

793

काठमाडौँ, ३ फागुन । दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाको लागि सम्झौता भएको छ ।

नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि सामानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धी कार्यहरू गर्ने उल्लेख छ ।

कोरियाको राजधानी सउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल–दक्षिण कोरियाबीच मोनोरेलसहित सातवटा सम्झौता भएका थिए । ‘ड्राइभिङनेशनल डेभलपमेन्ट’ नारा दिएको उक्त गोष्ठीको कोरियास्थित नेपाली  राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ्ग विश्वविद्यालय र एमआइटी फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरिएको थियो ।

तपाईको बिचार