पीपीए खुलाउने प्राधिकरणको निर्णयको स्वागत

पीपीए खुलाउने प्राधिकरणको निर्णयको स्वागत

747

काठमाडौँ, ३ फागुन । सौर्य ऊर्जा उत्पादकहरूले सौर्य आयोजनाबाट उत्पादित बिजुलीको खरिद सम्झौता (पीपीए) गर्ने विद्युत् प्राधिकरणको निर्णय स्वागत गरेका छन् ।

सौर्य ऊर्जा उत्पादकहरूको संस्था (सोपान)ले एक विज्ञप्ति जारी गर्दै प्राधिकरणको बोर्ड बैठकले गरेको निर्णयको स्वागत गरेको हो । सोपानले भनेको छ, ‘सौर्य ऊर्जाको महत्त्व बुझेर सोलार आयोजनाको पीपीए खुलाउन लागेको ब्यहोरा जानकारीमा आएकाले सो निर्णयको सोपानले स्वागत गर्दछ ।’ यो निर्णयबाट नेपालमा हाल कायम असन्तुलित विद्युत् आपूर्तिलाई न्यूनीकरण गर्न मद्दत पुग्ने सोपानको भनाइ छ ।

सुक्खायाममा भारतबाट विद्युत् आपूर्ति कम गर्दै ऊर्जामा नेपाललाई स्वावलम्बी बनाउन सक्ने सोलार आयोजनाहरूलाई प्रोत्साहन भएमा सुक्खायाममा देखिने असन्तुलनलाई छोटो समयमा नै निराकरण गर्न सकिने बताइएको छ । यद्यपि, जलविद्युत आयोजनाहरूले विद्युत् खरिद सम्झौतामा पाउने वार्षिक वृद्धिको सुविधा सोलार परियोजनाले समेत पाउने व्यवस्था हुनुपर्ने बताइएको छ ।

तपाईको बिचार