साथीको कोठामा लगेर नाबालिगमाथि बलात्कार

साथीको कोठामा लगेर नाबालिगमाथि बलात्कार

834

वीरगन्ज, ३ फागुन । सिराहाको लहानमा एक नाबालिगमाथि ललाइफकाइ बलात्कार भएको छ ।

सिराहा प्रहरीका अनुसार लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर बलात्कार गरेको घटना बाहिरिएको हो । ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश यादवले १५ बर्सिया नाबालिगलाई बलात्कार गरेको हो ।  लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले नाबालिगमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिराहा प्रहरीले जनाएको छ  ।

बुधबार दिउँसो बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर भएर बेहोस भएकी थिइन् । उपचारपछि उनको अवस्था सामान्य बनेपछि पीडितलाई घर पठाइएको सिराहा प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर